फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापी चुनौतीका लागि ब्रिक्स मुलुक बीचको सहयोग महत्वपूर्ण

(GMT+08:00) 2017-08-17 16:41:19

सोह्र वर्षअघि प्रस्तुत भएको ब्रिक्स विचार आज पनि उत्तिकै सफल नमूना भएको छ। भविष्यमा ब्रिक्स मुलुकहरुले विश्वको स्वास्थ्य, गरिबी निवारण क्षेत्रमा संयुक्त कदम चाल्ने आशा गरिएको छ। ब्रिक्स विचार सिर्जनाकर्ता तथा बेलायतका पूर्व वाणिज्य मन्त्री थिम ओनिलले हालै सिन्ह्वा समाचार समितिसँगको विशेष अन्तर्वार्तामा उक्त कुरा बताउनु भएको हो।

चीनको फुच्यान प्रान्तीय स्यामनमा आयोजना हुन लागेको ब्रिक्स मुलुक नेतागण बीचको नवौँ वार्ताबारे चर्चा गर्दै ओनिलले चीनले प्रस्तुत गरेको ब्रिक्स मुलुकहरु बीचको आर्थिक, मौद्रिक, मानवीय आदानप्रदान, सुरक्षा सम्पर्क आदि क्षेत्रमा हुने सहयोगको प्रवर्द्धन विशेष गरी बजारको खुलापन, विभिन्न मुलुक बीच लगानीको सुविधा एवं आर्थिक र प्राविधिक सहयोगलाई सबल पार्ने प्रस्तावहरु निकै राम्रा भएको औँल्याउनुभएको छ। ब्रिक्स मुलुकले व्यापारलाई उत्तेजित पार्ने नीतिको सफल तर्जुमा गरेमा ती मुलुकहरुको विकासको गतिलाई द्रुत पार्ने विश्वास पनि ओनिलले गर्नुभएको छ।

जानकारी तथा लेखहरु