फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विदेशी लगानी बृद्धिका लागि नयाँ नीति लागू

(GMT+08:00) 2017-08-17 18:02:06

चीनमा विदेशी लगानीको बृद्धि प्रवर्द्धन बहु कदमहरु प्रस्तुत गरिएको छ। चीनको राज्य परिषदको १६ नं. दस्तावेजमा विदेशी लगानीको वातावरण कानूनी रुपमा अझ सरल, अन्तर्राष्ट्रियकरण र सुविधा पारिने कुरामा जोड दिइएको छ। सम्बद्ध विशेषज्ञले ती कदमहरुबाट चीनले खुलापनको निर्णय र अठोट एवम् अडानलाई प्रतिविम्वित गरेको छ। यो निर्णयबाट विदेशी लगानीका लागि चीन अझ आकर्षक हुने विश्वास व्यक्त गरिएको छ।

उल्लिखित नीति तथा कदमहरुमा चीनमा विदेशी लगानीको प्रवेश मापदण्डलाई प्राथमिकतामा राखिएको छ। ती प्रवेश मापदण्डमा चीनमा स्वतन्त्र व्यापार परीक्षण क्षेत्रमा परीक्षात्मक रुपमा लागू भएको विदेशी लगानीको नकारात्मक सूचीको फैलावट, विशेष गाडी तथा नयाँ उर्जा गाडीको उत्पादन, जहाजको डिजाइन, सामान्य प्रयोगमा विमानहरुको मर्मत, पे्ट्रोल पम्प, बैंकिङ्ग उद्योग, स्टक उद्योग, बिमा उद्योगको खुलापनलाई समेटिएको छ र ती क्षेत्रहरुको खुलापन समयतालिका र कार्य सूचीलाई पनि स्पष्ट पारिएको छ।

चीनमा दक्ष व्यक्तिको आगमन तथा प्रस्थानको सुविधा क्षेत्रमा चालू वर्षको उत्तरार्धमा विदेशी दक्ष व्यक्तिहरुको भिसा वितरण परिधिको विस्तार, भिसाको समयलाई लचिलो पार्ने आदि नियमहरु लागू गरिएको छ।

जानकारी तथा लेखहरु