फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी चीनको प्रस्ताव

(GMT+08:00) 2017-08-17 18:17:35

कोरियाली प्रायद्बीपको आणविक समस्याको मुख्य विषय सुरक्षा समस्या हो र चीनले प्रस्तुत गरेको 'दुइवटा स्थगन' प्रस्ताव वर्तमान परिस्थितिमा यसै समस्याको शान्तिपूर्ण समाधान गर्नको लागि सबभन्दा अनूकुल, उचित, न्यायोजित र निष्पक्ष तथा व्यवहारमा उतार्न सकिने योजना हो। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले आज अगष्ट सत्र तारिख पैचिङमा व्यक्त गर्नुभएको हो।

चीनले दुईवटा स्थगन प्रस्ताव अगाडि सारेको छ। उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र योजनालाई स्थगन पर्ने र अमेरिका तथा दक्षिण कोरियाले आयोजना गर्ने गरेको संयुक्त सैन्य अभ्यास स्थगन गर्नु पर्ने दुईवटा स्थगन प्रस्तावमा समेटिएका विषय हुन्।

हालै संयुक्त राष्ट्र संघका महासचिव, जर्मन चान्सेलर र अमेरिकी सेनापतिको संयुक्त बैठकका अध्यक्षले राजनीतिक तथा कूटनीतिक उपायद्बारा कोरियाली प्रायद्बीपको समस्याको शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहनुभएको छ। यसबारे चर्चा गर्दै प्रवक्ता ह्वाले विभिन्न पक्षहरुले सुरक्षा परिषदको २३१७ नं. को निर्णय-प्रस्तावको चौतर्फी तथा पूर्ण कार्यान्वयन गर्दै उत्तर कोरियाको आणविक क्षेप्यास्त्र विकास योजनालाई नियन्त्रण गर्दै जानुका साथै आ-आफ्ना जिम्मा लिएर वार्तामा चाँडै फर्कनको लागि कोशिश गर्ने आशा चीनले लिएको स्पष्ट पार्नुभएको छ।

जानकारी तथा लेखहरु