फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस र भारतबीच हुने सैन्य अभ्यासले चीन र भारत सम्बन्धमा चासो राख्दैन

(GMT+08:00) 2017-08-18 15:39:48

रुस र भारतबीचमा आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासलाई वर्तमान चीन र भारतको सम्बन्धसँग जोड्न उचित नभएको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिय चघरोभाले अगष्ट 17 तारिख बताउनु भएको छ।

सोही दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चघरोभाले सिन ह्वा समाचार समितिलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, रुस र भारतबीच "इन्द्र 2017" संयुक्त सैन्य अभ्यास आगामी अक्टोबरमा रुसको पूर्वी सैन्य क्षेत्रमा आयोजना हुनेछ। यो सैन्य अभ्यास वार्षिक नियमित अभ्यास हो। त्यसैले यसलाई चीन र भारतबीच वर्तमान सम्बन्धसित जोड्नु उचित छैन।

जानकारी तथा लेखहरु