फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बार्सिलोना आक्रमणको अन्तर्राष्ट्रिय समाजद्बारा निन्दा

(GMT+08:00) 2017-08-18 15:40:56

स्पेनको बार्सिलोनामा हिजो अगष्ट सत्र तारिख मालवाहक गाडीद्वारा गरिएको आतंकबादी आक्रमणमा परी कम्तिमा १३ जनाको मृत्यु भएको साथै अन्य १०० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्य १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अन्तर्राष्ट्रिय समाजले सो आक्रमणको निन्दा गर्दै मारिएकाहरुलाई हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले सत्र तारिख एक वक्तव्य प्रकाशित गर्दै बार्सिलोनामा भएको आतंकबादी आक्रमणको कडा निन्दा गरेको छ। राष्ट्र संघले मारिएकाहरुका नातेदार तथा स्पेन सरकारलाई हार्दिक सात्वना व्यक्त गरेको छ।

संयुक्त राष्ट्र संघका महासचिवले सत्र तारिख एक वक्तव्य प्रकाशित गर्दै सो आतंकबादी घटनाको निन्दा गर्नु भएको छ। उहाँले स्पेन सरकारले आतंकबाद तथा उग्रबादको हिंसात्मक गतिविधिमाथि गर्ने कारवाहीलाई समर्थन गर्ने पनि वक्तव्यमा उल्लेख गर्नुभएको छ।

यसैगरी यूरोपेली संघ तथा बेलायत, फ्रान्स, डेनमार्क लगायतका यूरोपेली संद्धका नेताहरुले एवं ब्राजिल, पेरु, चिली आदि ल्याटिन-अमेरिकी नेताहरुले पनि सत्र तारिख बार्सिलोना आतंकबादी आक्रमणको निन्दा गर्दै सम्पूर्ण यूरोपले एकताबद्ध भएर आतंबादमाथि प्रहार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु