फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र लाइबेरियाबीच कुटनीतिक सम्बन्ध स्थापना

(GMT+08:00) 2017-08-19 16:09:21

पश्चिमि अफ्रिकी देश लाईबेरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ। न्युर्योक स्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगमा शुक्रवार दुई देशबीच औपचारिक रुपमा द्धिपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र लाइबेरियाका लागि स्थायी प्रतिनिधि लुईस जी ब्राउनबीच उक्त सम्झौता कार्यन्वयनमा ल्याउने संयुक्त वक्तव्यमा हस्ताक्षेर भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

हस्ताक्षेर गर्न अयोजित समारोहमा नेपालका भट्टाराई र लाइबेरियाका ब्राउनले दुई देशबीच स्थापना भएको कुटनीतिक सम्बन्धले विभिन्न द्धिपक्षीय तथा बहुपक्षीय मंचहरुमा दुई देश र त्यहाँ जनतालाई नजिक ल्याउन औजारको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

हिजो नै दुई देशका स्थायी प्रतिनिधिले नेपाल–लाइबेरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई गराएका छन्। लाइबेरिया सन् 1847 मा स्वतन्त्र भएको थियो। लाइबेरिया संयुक्त राष्ट्रसंघका 51 पुराना सदस्य राष्ट्रहरु मध्य एक हो।

नेपाल र लाईबेरिया दुई अल्प विकसित देश हुन् र दुवै देश संयुक्त राष्ट्र संघका अतिकम विकसित देशहरुको समुह जी–77 र असंलग्न आन्दोलनमा सहभागि छन्। यो संघै नेपालको 150 देशसँग औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ।

जानकारी तथा लेखहरु