फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीको फोन 25 करोड सहयोगको घोषणा

(GMT+08:00) 2017-08-19 16:10:13

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो शुक्रबार साँझ फोन गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालमा बाढीपहिरोबाट भएको जनधन क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्नु भएको छ। उहाँले नेपालीको दु:खमा सधैं भारतको साथ रहने बताएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको कान्तिपुर दैनिकले लेखेको छ।

त्यसक्रममा उद्धार र राहतका लागि भारत सरकारका तर्फबाट 25 करोड रुपैयाँ बराबर सहयोग घोषणा गर्दै प्रधानमन्त्री मोदीले उक्त सहयोग कूटनीति च्यानलबाट तत्काल उपलब्ध हुने बताउनु भएको छ। उहाँले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभयो। 'भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,' प्रधानमन्त्री देउवालाई उल्लेख गर्दै सचिवालयले जनाएको छ।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले तीन दिनअघि 10 करोडको सहयोग घोषणा गरेर स्वदेश फर्केको भोलिपल्टै अर्को छिमेकका प्रधानमन्त्रीबाट यस्तो सहयोगको प्रतिबद्धता आएको हो। प्रधानमन्त्री देउवा आगामी बुधबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ।

 

जानकारी तथा लेखहरु