फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको लागत 2 अर्ब बढ्ने

(GMT+08:00) 2017-08-20 14:32:16

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको लागत 1 अर्ब 80 करोड रुपैयाँभन्दा बढीले वृद्धि हुने भएको छ। समयमा काम सम्पन्न नभएर टेन्डर प्रक्रिया नै रद्द भएपछि लागत र समय दुवै बढ्ने भएको हो। 6 अर्बको आयोजनाको लागत बढेर झन्डै 8 अर्ब पुग्न लागेको कारोबार अनलाइनले लेखेको छ।

विस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले समयमा काम सम्पन्न नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गत मंसिर 24 गते ठेक्का सम्झौता तोडेको थियो। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सान्जोसेले 6 करोड 10 लाख अमेरिकी डलर अर्थात तत्कालीन अवस्थाको करिब 6 अर्ब रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको थियो। अहिले सोही आयोजना बनाउनको लागि अब नेपालले 8 अर्ब हाराहारी खर्च गर्नुपर्ने भएको हो।

सन् 2013 को मार्च 17 देखि काम सुरु गरेको स्पेनी कम्पनीले प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् 2016 को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षको अवधिमा जम्मा 16 प्रतिशत काम सम्पन्न गरेको आरोप लगाउँदै प्राधिकरणले ठेक्का सम्झौता तोडेको थियो।

"4 वर्ष अगाडि र अहिलेको लागत मूल्य अवश्य बढ्नेछ, ठ्याक्कैभन्दा पनि 30 प्रतिशतभन्दा बढी लागत बढ्ने अनुमान छ," त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलले भन्नुभयो। सान्जोसेले समयमा काम नगर्दा विमानस्थल विस्तार केही वर्ष धकेलिएको पौडेलले बताउनुभयो।

विमानस्थल सुधार आयोजनको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले 2 अर्ब 91 करोड 82 लाख 41 हजार रुपैयाँ क्षतिपूर्तिसमेत माग्दै आएको छ। सान्जोसेले प्राधिकरणमा नेपाल मध्यस्तता परिषद्ले समेत सान्जोसेको पक्षमा फैसला गरेको बताउँदै क्षतिपूर्तिको माग गर्दै आएको छ।

प्राधिकरणमा 15 करोड 18 लाख 89 हजार रुपैयाँ ब्याजसहित 2 अर्ब 91 करोड 82 लाख 41 हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। नेपाललले क्षतिपूर्तिसमेत सान्जोसेलाई दिन परेमा विमानस्थल विस्तारको लागत झनै धेरै पर्नेछ।

सान्जोसले सिंगापुरमासमेत मुद्दा हारेकोले नेपालले क्षतिपूर्ति दिनुनपर्ने जिकिर आयोजाका प्रमुख पौडेल बताउनुहुन्छ। सान्जोसेले तीन वर्षको अवधिमा 16 प्रतिशत काम गरेवापत करिब 96 करोड रुपैयाँ भुक्तानी भने लगेको छ। एडीबीले विमानस्थलको विस्तारका लागि 7 करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो।

सन् 2028 सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि 29 लाख र अन्तर्राष्ट्रियतर्फ 63 लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ। योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङलगायत रहेका छन्।

एडीबीको 10 करोड अमेरिकी डलर (10 अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो। गुरुयोजनाअनुसार 60 करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। आयोजनाले भने अहिले पार्किङ वे, धावनमार्ग र टर्मिनल भवन निर्माणको लागि तीन वटा कम्पनीलाई दिने गरी प्रक्रिया अगाडि बढाएको छ।

हाल टर्मिनल भवन र धावन मार्गको लागि कम्पनी छनोट प्रक्रिया जारी रहेको र माटो भरेर पार्किङ–वे बनाउने कार्यको लागि पनि दुई महिनाभित्र टेन्डर गरिने पौडेलले बताउनुभयो।

 

जानकारी तथा लेखहरु