फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सञ्चारमाध्यमलाई स्वतन्त्र रहन दिने नेपालका प्रधानमन्त्रीको भनाई

(GMT+08:00) 2017-08-21 15:19:52

प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारलाई सरकारले नियन्त्रण नगर्ने बताउनुभएको छ। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनलाई काठमाडौंमा आइतबार उद्‍घाटन गर्दै प्रधानमन्त्रीले सञ्चार क्षेत्रका लागि सरकार सहयोगी हुने विश्वास दिलाउनुभयो। उहाँले भन्नुभयोः 'सरकारले विज्ञापनलगायत कुनै पनि विषयमा मिडियालाई कन्ट्रोल गर्दैन।'

प्रधानमन्त्रीले नेपालमा धेरै पत्रपत्रिका रहेकाले सञ्चालन गर्न धेरै कठिन रहेको आफूले महसुस गरेको बताउनुभयो।

लोकतन्त्र र गणतन्त्रका लागि मिडियाकर्मीको योगदान उल्लेख्य रहेको बताउँदै प्रधानमन्त्रीले मिडिया र राजनीतिक दल एक साथ हिड्न जरुरी रहेको बताउनुभयो। सञ्चारमाध्यमले लोकतन्त्रका लागि सुझाव, चेतावनी र आलोचना गरेर राजनीतिक दललाई सहयोग गर्न सक्ने बताउनुभयो।

कार्यक्रममा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतले सम्बोधन गर्नुभयो।

महासंघको बन्द सत्र आइतबारदेखि भएको छ भने सोमबार निर्वाचन कार्यक्रम सुरु गर्ने अध्यक्ष विष्टले जानकारी दिनुभएको ईकान्तिपुर अनलाइनले जनाएको छ।

देशभरका १५ सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

नेतृत्वका लागि पत्रकारहरु तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगर प्रतिस्पर्धामा छन्।

जानकारी तथा लेखहरु