फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाकाक्षेत्रका युवायुवतीहरू तिब्बतको सीमावर्ती बजार केरुङ नाकाले रोजगार

(GMT+08:00) 2017-08-21 15:28:36
रसुवागढी नाका सञ्चालनमा आएर केरुङमा चहलपहल बढेपछि रसुवाबासीका लागि रोजगारीका अवसर सिर्जना भएको छ। व्यापारिक सहर केरूङमा बजार विस्तार हुनुका साथै व्यापारीको चहलपहल बढेपछि रोजगारीको सिलसिलामा रसुवाबासी केरूङ जाने क्रम पछिल्लो समय निक्कै बढेको छ।

केरूङ जान खर्च कम लाग्ने र पासपोर्ट बनाउने झन्झट बेहोर्न नपर्दा उनीहरू खाडीका र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन्। केरुङमा सञ्चालनमा रहेका होटलमा काम गर्ने रसुवालीले मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्। केरुङमा सञ्चालित एक होटलमा कार्यरत शान्ति तामाङका अनुसार त्यहाँ सञ्चालनमा रहेका नेपाली तथा चिनियाँ होटलमा कार्यरत नेपालीले एक महिनामा न्यूनतम १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बुझ्ने गरेका छन्।

केरुङमा २८ भन्दा बढी होटल सञ्चालनमा छन्। चिनियाँ होटलमा काम गर्नेको संख्या कम भए पनि नेपालीको आधा दर्जन होटलमा ३५ भन्दा बढी रसुवाली किशोरी कार्यरत छन्। पुरुषले भने होटलमा भन्दा गाडी लाइनमा काम गर्ने गरेका छन्।

चिनियाँ होटलमा पैसा बढी दिए पनि काम गर्न गाह्रो हुने र त्यही कारण रसुवाबाट गएकाहरुले नेपाली होटलमै काम गर्ने केरुङमा काम गरेर फर्किएकी कामदारको भनाइ छ। रसुवाबाट केरूङमा काम गर्न जान 'चाइना पास' बनाउने बढेका छन्। रसुवाबासीलाई मात्र चीन प्रवेशका लागि चाइना पास दिने चलन रहेको नागरिकन्यूज डट कमले जनाएको छ।

चीन प्रवेशका लागि बाहिरी जिल्लाका नागारिकलाई चाइना पास नदिएका कारण सवारी चालक तथा व्यापारी चीन प्रवेश गर्न पाउँदैनन्। सामान लिनका लागि केरूङ जाने तथा सामान लिएर फर्कने रसुवाबासी हुन्छन्। उनीहरुले निर्यात तथा आयात गरे बापत १५ हजार लिने गरेका छन्। एउटा सवारी पुर्‍याए बापत साढे सात हजार र लिएर आएबापत पनि त्यत्ति नै लिने गरेका सवारी चालक बताउँछन्।

रोजगारीका लागि चीन प्रवेशका लागि रसुवाका ६ हजारभन्दा बढीले चाइना पास बनाएका छन्। अध्यागमन कार्यालय रसुवागढीका अनुसार हालसम्म जिल्लाका ६ हजार तीन सयले पास बनाएका छन्। चीन जान चाहने रसुवाबासीले पास बनाइसकेका र बाहिरी जिल्लाबाट बसाइँ सरेर आउनेलाई गाउँपालिकाले कढाइ गरेका कारण पास बनाउनेको संख्या घटेको निमित्त अध्यागमन अधिकृत शम्भुनारायण झाले बताउनुभयो।

जानकारी तथा लेखहरु