फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१७ को मध्यसम्ममा नेपालमा अहिलेसम्मकै धेरै पर्यटक

(GMT+08:00) 2017-08-21 15:35:50

सन् २०१७ को ६ महिनामा नेपालको इतिहासमै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन्। यस वर्षको ६ महिनामा ४ लाख ६० हजार २ सय ३७ विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन्। यसभन्दा अगाडि सन् २०१४ मा ६ महिनाको अवधिमा ४ लाख १२ हजार ४ सय ६१ पर्यटक नेपाल आएका थिए। यसवर्ष गत वर्षभन्दा १ लाख ४६ हजा ७ सय २५ बढी पर्यटक नेपाल आएको अध्यगमन विभागको तथ्यांकले देखाएको छ। गत वर्षभन्दा ४६.८ प्रतिशतले बढी हो, जसमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका कारोबार अनलाइनले जनाएको छ।

भारतबाट ८९ हजार १ सय ९६ पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै चीनबाट ५२ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन्। तेस्रो धेरै पर्यटक आउने मुलुकमा अमेरिका रहेको छ। बेलायतबाट २६ हजार ३ सय ९५ पर्यटक ६ महिनामा नेपाल आएका छन्। थाइल्यान्डबाट २१ हजार ९ सय ३७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। श्रीलंकाबाट १९ हजार ६ सय ७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । दक्षिण कोरियाबाट १७ हजार २३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अस्ट्रेलियबाट १५ हजार १ सय ९३, जापानबाट १३ हजार ८४ पर्यटकले ६ महिनामा नेपाल भ्रमण गरेका छन्।

भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटक आगमनमा उच्च गिरावट आएको थियो। नेपालमा सन् २०१२ मा सबैभन्दा धेरै ८ लाख २ हजार पर्यटक आएकोमा सन् २०१७ को अन्त्यमा ९ लाख हाराबारी पर्यटक नेपाल आउने संकेत नेपाल पर्यटक बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले दावी गर्नुभयो।

जानकारी तथा लेखहरु