फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा गत आर्थिक वर्षमा १२ वर्षयताकै न्यून उपभोक्ता मूल्य वृद्धिदर

(GMT+08:00) 2017-08-22 14:09:52

नेपालमा गत आर्थिक वर्षको वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर साढे ४ प्रतिशत छ। जुन १२ वर्षयताकै न्यून हो। आर्थिक वर्ष ०६१/६२ मा यस्तो वृद्धिदर ४ दशमलव ५ प्रतिशत थियो। अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापनमा आएको सुधार, भारतलगायत छिमेकी राष्ट्रमा रहेको न्यून मूल्य वृद्धिलगायत कारण गत वर्ष मूल्य वृद्धि दरमा उल्लेख्य कमी आएको राष्ट्र बैंकले जनाएको हो। आर्थिक वर्ष ०७२/७३ मा यस्तो मूल्य वृद्धिदर ९ दशलव ९ प्रतिशत थियो।

गत आर्थिक वर्षको औसत मूल्य वृद्धिदर उक्त वर्षको वार्षिक लक्ष्यभन्दा कम हो। ७ दशमलव ५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ। गत आर्थिक वर्षमा राष्ट्र बैंकले वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर साढे ७ प्रतिशत भित्रै राख्ने लक्ष्य तय गरेको थियो। राष्ट्र बैंकले मूल्य वृद्धिका लागि तय गरेका अधिकांश लक्ष्यहरू पूरा भएका छैनन्। यसअघि आर्थिक वर्ष ०६०/६१ र ०६३/६४ मा वास्तविक मूल्य वृद्धिदर लक्ष्यभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष ०५९/६० देखि मौद्रिक नीति जारी गर्न सुरु भएको हो। त्यसयता नै राष्ट्र बैंकले मूल्य वृद्धिदरको तथ्यांक सार्वजनिक गर्दै आएको छ।

ईकान्तिपुर अनलाइनका अनुसार गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ छ। अघिल्लो वर्षको तुलनामा यो ३०.४ प्रतिशतले वृद्धि हो। आयात धेरैले बढेपछि व्यापार घाटा अकासिएको हो। उक्त अवधिमा भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ। र, गत आर्थिक वर्षको अन्त्यमा मुलुकको शोधनान्तर बचत ८२ अर्ब १५ करोड रुपैयाँ छ।

जानकारी तथा लेखहरु