फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

५८ घरपरिवारका लागि हावाबाट विजुली उत्पादन

(GMT+08:00) 2017-08-22 14:12:51

नवलपरासी जिल्लाको हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ। हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पंखाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन् ।

हरेक घरलाई २५० वाटका दरले प्रयोग गर्न दिइएको छ। अन्य स्थानमा लोडसेडिङ हुँदा पनि हुप्सेकोट ६ मा भने बत्ती जाँदैन। टुकीको भरमा रहेको दुर्गम बस्ती हावाबाट बिजुली निकालेपछि झिलिमिली बनेको हो। केही वर्ष पहिलेसम्म दिनभर हावा चल्दा दिक्दार मान्ने हुरहुरेका स्थानीयलाई हाल त्यही वरदान सावित भएको छ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपलिकाको नीति तथा कार्यक्रममा 'उज्यालो हुप्सेकोट' कार्यक्रममार्फत थप बिजुली निकालेर स्थानीयलाई वितरण गर्ने जनाउनुभयो। हुरहुरे डाँडामा जडिएका पंखाबाट १० किलोवाट बिजुली निस्केसँगै सौर्य ऊर्जाबाट उत्पादन भएको दुई किलोवाट बिजुली पनि जोडिएको छ। त्यसलाई हरेक घरमा बाँडिएको छ । अहिले चारवटा बत्ती बाल्दा एउटा घरमा २० वाट बिजुली मात्रै खपत भएको छ।

हावाबाट बिजुली निस्कने कुरालाई सुरुमा स्थानीयले विश्वास गरेका थिएनन्। गाउँलेले न्यूनतम शुल्क तिरेर मर्मत सम्भार र दिगो सञ्चालनका लागि कोषसमेत खडा गरेका छन्। हावा नचलेका बेला घामबाट र घाम नलागेका बेलामा हावाबाट बिजुली निस्कने हुँदा सहज भएको स्थानीय बताउँछन्।

जानकारी तथा लेखहरु