फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषद सदस्य याङ र पाकिस्तानी परराष्ट्र सचिवबीच भेटघाट

(GMT+08:00) 2017-08-22 18:19:11

चीनको राज्य परिषद्का सदस्य याङ चे छले अगष्ट एकाईस तारिख पैचिङमा पाकिस्तानी परराष्ट्र सचिव तेहमिना जान्जुआसँग भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा सदस्य याङले वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा चीन र पाकिस्तान बीचको रणनैतिक समझदारीलाई प्रबर्द्धन गर्नु अझै महत्वपूर्ण हुने कुरा औंल्याउनुभयो। दुवै पक्षले उच्च तहको घनिष्ट आवत-जावतलाई कायम राख्नुका साथै एक पेटी एक मार्गको प्रारुपमा चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई अघि बढाउने, विभिन्न क्षेत्रमा रहेका आपसी सहयोगलाई गहन पार्ने र क्षेत्रीय शान्ति तथा विकासलाई प्रबर्द्धन गर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

प्रत्युत्तरमा पाकिस्तानी परराष्ट्र सचिव तेहमिनाले चीनको केन्द्रीय हितसँग सम्बन्धित विषयमा दृढताका साथ चीनलाई समर्थन गर्नुका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय महत्वपूर्ण विषयबारे चीनसँग घनिष्ट समन्वय गर्दै जान पाकिस्तान इच्छुक रहेको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु