फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सँगै मिलेर वर्तमान दक्षिण चीन सागरको वातावरण संरक्षण गर्न चीन इच्छुक

(GMT+08:00) 2017-08-22 18:30:38

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अगष्ट बाईस तारिख हाल फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुटेर्टको भनाइबारे चीनको धारणा व्यक्त गर्नुभएको छ। फिलिपिन्स लगायतका आशियान मुलुकहरूसँगै मिलेर वर्तमान दक्षिण चीन सागरको राम्रो वातावरणको संरक्षण गर्न चीन इच्छुक रहेको कुरा उहाँले बताउनुभयो। फिलिपिन्स देशभित्रका कुनै व्यक्तिले चीनमाथि निराधार आरोप लगाएर चीन र फिलिपिन्स बीचको अन्तर्विरोध मच्चाउन खोजेको कुरा पनि उहाँले औंल्याउनुभयो।

फिलिपन्स वाणिज्य अखवारले जनाए अनुसार, फिलिपिन्सका महान्यायधिवक्ताले केही समयअघि चीनद्बारा फिलिपिन्सको भूखण्डको कब्जा भन्ने कुरा प्रस्तुत गरेका थिए। राष्ट्रपति दुटेर्टले अगष्ट एकाईस तारिख राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा त्यस भनाइको खण्डन गर्दै फिलिपिन्समाथि थिचोमिचो नगरिएको कुरालाई स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु