फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोक्लम समस्या छिटै नै समाधान हुने भारतीय गृहमन्त्रीको भनाइ

(GMT+08:00) 2017-08-22 19:36:47
भारतीय गृहमन्त्री राजनाथ सिंहले अगष्ट एकाईस तारिख भारत-चीन दोक्लम तनाव छिटै नै समाधान हुने कुरा बताउनुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले बाईस तारिख पैचिङमा उहाँको भनाइबारे चर्चा गर्दै चीनको धारणा व्यक्त गर्नुभएको छ।

भारतले आफ्नो भनाइ र गराईलाई समान रुपमा कार्यान्वयन गर्नुका साथै तत्काल बिनाशर्त अवैध रुपमा सीमा पार गरेका सेना र प्रबन्धलाई फिर्ता गर्ने कुरा नै उक्त समस्याको समाधान गरिने एउटा मात्र पूर्वाधार हो भन्ने कुरामा प्रवक्ता ह्वाले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु