फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीद्वारा भारतको पाँच दिवसीय राजकीय भ्रमण सुरू

(GMT+08:00) 2017-08-23 14:06:43

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुभएको हो।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गर्नेछन्। बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन्।

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका विदेशमन्त्री मन्त्री सुष्मा स्वराजले भेट गर्ने र त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच एक्ला एक्लै भेटवार्ता हुनेछ। हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नेछन्। नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ। दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुने कार्यक्रम छ। भारतको राजकीय भ्रमण पूरा गरेर उनी यही भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

जानकारी तथा लेखहरु