फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक उपादद्वारा अफ्गानिस्तान समस्याको समाधान गर्न राष्ट्र संघको आग्रह

(GMT+08:00) 2017-08-23 14:23:47

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्गानिस्तान बारे नयाँ रणनीति सार्वजनिक गर्दै अफ्गानिस्तानबाट निशस्त्रीकरण नगर्ने घोषणा गर्नुभयो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले हिजो अगस्ट बाईस तारिख बोल्दै अन्तर्राष्ट्रिय समाजको मद्दतमा राजनीतिक उपायमार्फत अफ्गानिस्तान समास्याको समाधान गर्ने आशा आफूले लिएको बताउनुभयो।

अगस्ट एकाईस तारिख अमेरिकी राष्ट्रपति ट्रम्पले टेलिभिजन सम्बोधन गरी अफ्गानिस्तान बारेको रणनीति सार्वजनिक गर्नुभएको थियो। राष्ट्रपतिको पदको चुनावका क्रममा उहाँले अफ्गानिस्तानबाट निशस्त्रीकरणको अडान लिनुभएपनि अहिले अमेरिकाले अफ्गानिस्तानको आतंकवादलाई अझ बढि प्रहार गर्ने योजना रहेको बताउन थाल्नुभएको छ।

जानकारी तथा लेखहरु