फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती सांस्कृतिक आदान-प्रदान मण्डलको जापान भ्रमण

(GMT+08:00) 2017-08-23 16:24:43

चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा पठाइएको चिनियाँ तिब्बती सांस्कृतिक आदान-प्रदान मण्डलले अगष्ट बीसदेखि तेईस तारिखसम्म जापानको भ्रमण गरेको छ। मण्डलका सदस्यहरूमध्ये पैचिङ र तिब्बतका तिब्बती शास्त्री र तिब्बती चिकित्सा सम्बन्धी विशेषज्ञ, तिब्बती अधिकृत र अवतारीहरू समावेश छन्।

प्राप्त जानकारी अनुसार, भ्रमण मण्डलले गत एकाईस तारिख बेग्ला बेग्लै गरी जापानी सांसद र जापानका दशवटा मुख्य सञ्चार-माध्यमका पत्रकारहरूसँग वैचारिक आदान-प्रदान गरेको थियो।

आदान-प्रदानको क्रममा चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्र मातहतको धार्मिक अनुसन्धान कार्यालयका प्रमुख चौ वैले मुख्यत: तिब्बती धर्मको वास्तविक अवस्थाबारे जानकारी दिनुभएको थियो।

भ्रमण अवधिमा भ्रमण मण्डलले नागोया शहरमा अवस्थित जापानको एउटा मात्र तिब्बती बौद्ध धर्म गुम्बा चाम्बरिन गुम्बाको पनि अवलोकन गरेको छ।

जानकारी तथा लेखहरु