फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको उत्तरी भागमा रेल दुर्घटनाबाट 74 जना घाइते

(GMT+08:00) 2017-08-23 16:25:27

भारतको उत्तर प्रदेशको आउराइया जिल्लाभित्र अगष्ट तेईस तारिख सबेरै रेल लीगबाट उछिट्टिँदा कम्तीमा 74 जना घाइते भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उत्तर प्रदेशको रेलवे प्रणालीका एकजना प्रवक्ताका अनुसार, तेईस तारिख सबेरै दुई बजेर पचास मिनेट जाँदा उक्त रेल उत्तर प्रदेशको अजम्गार्हबाट राजधानी नयाँ दिल्लीतर्फ जाने क्रममा एउटा फोहर ढुवानी गर्ने गाडीसँग ठोक्किएको थियो। हाल तत्स्थानको उद्धार कार्य चलिरहेको छ। घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको छ।

त्यो बितेका चार दिनयता उत्तर प्रदेशमा रेल लीगबाट उछिट्टिएर भएको दोस्रो दुर्घटना हो।

जानकारी तथा लेखहरु