फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको ग्रन्थ "गरिबी उन्मुलन" अङ्ग्रेजी तथा फ्रान्सेली सँस्करणमा पनि विमोचन

(GMT+08:00) 2017-08-24 18:00:35
चाइना वैदेशिक भाषा प्रकाशन व्यूरो मातहतको विदेशी भाषा प्रकाशन एजेन्सीद्वारा अनुवाद र प्रकाशन गरिएको "गरिबीबाट उन्मुलन" शीर्षकको किताबको अङ्ग्रेजी र फ्रान्सेली सँस्करणको विमोचन कार्यक्रम अगष्ट तेईस तारिख 24औं पैचिङ्ग अन्तर्राष्ट्रिय पुस्तक मेलामा आयोजना गरिएको छ।

"गरिबीबाट उन्मुलन"शीर्षकको किताब चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको व्यक्तिगत ग्रन्थ हो। त्यसमा सन् 1988 देखि सन् 1990 सम्म केन्द्रीय समिति मातहत निङ द जिल्लाका प्रमुख रहनुभएको अवधिमा उहाँले प्रकाशन गर्नुभएको उन्नतीसवटा महत्वपूर्ण सम्बोधन र लेखहरु समावेश छन्। यसबाहेक दशवटा रङ्गीन फोटो पनि छन्। ती फोटोमध्ये निङ द जिल्लामा कार्यकारी अवधिमा उहाँका छ वटा फोटो पनि समावेश छन्।

उक्त किताबमा फूचेन प्रान्तको पूर्वी क्षेत्र गरिबी निवारण र विकासलाई तीव्र पार्ने मुख्य विषय बमोजिम श्रृंखलाबद्ध व्यवस्था, विचारधारा, दृष्टिकोण र उपायहरू प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु