फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले चीन-भारत सीमा क्षेत्रको पश्चिमी भागमा राजमार्ग निर्माण गर्ने

(GMT+08:00) 2017-08-24 18:02:11

हाल भारतीय गृह मन्त्रालयले चीन-भारत सीमा क्षेत्रको पश्चिमी भागमा राजमार्गको निमार्ण गर्ने योजनालाई अनुमोदन गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अगष्ट चौब्बीस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा त्यसबारे चर्चा गर्दै भारतको उक्त कारवाईबाट चीन-भारत सीमा सम्बन्धी समस्यामा भारतको भनाइ र गराइमा भिन्नता रहेको स्पष्ट भएको कुरा बताउनुभएको छ।

भारतीय सञ्चार-माध्यमले जनाए अनुसार, उक्त अनुमोदित राजमार्गको स्थललाई निश्चित नगरिएकाले चीन र भारतबीच विवादग्रस्त क्षेत्र मानिन्छ।

प्रवक्ता ह्वाले भारतले सीमा रेखालाई निश्चित नगरिएको क्षेत्र अर्थात् चीन-भारत सीमा क्षेत्रको पश्चिमी भाग नजिकको खण्डमा सैन्य लक्ष्य सहित आधारभूत प्रबन्धको निर्माण गर्ने कारवाईबाट वर्तमान दुवै देशबीच सीमा क्षेत्रको परिस्थितिलाई खुकुलो पार्नका लागि सघाउ नपुग्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु