फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य लिउ युन शानद्बारा पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको अवलोकन

(GMT+08:00) 2017-08-25 15:59:32
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् केन्द्रीय सचिवालयका सचिव लिउ युन शानले हिजो अगष्ट चौब्बीस तारिख बिहान 24 औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको अवलोकन गर्नुभएको छ।

अवलोकन गर्ने क्रममा उहाँले महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले भन्नुभयो: महासचिव सी चिन फिङका शृंखलाबद्ध महत्वपूर्ण सम्बोधनको भावना र देशको व्यवस्था सम्बन्धी नयाँ विचारधारा, नयाँ दष्टिकोण र नयाँ रणनीतिको गहन रुपमा अध्ययन गर्नुका साथै उच्च सांस्कृतिक आत्म-विश्वास र पर्याप्त सांस्कृतिक कार्यभारलाई कायम राख्नुपर्छ। यसका साथसाथै चीनलाई ठूलो प्रकाशन मुलुकबाट सशक्त प्रकाशन मुलुकको रुपमा परिणत हुने प्रक्रियालाई शिघ्र पार्नुपर्छ।

प्रकाशन कार्य सधैँ नै सांस्कृतिक प्रचार-प्रसार अखडा हुनुका साथै जनताको मानसिक जीवनलाई झन् यथेष्ट पारिने महत्वपूर्ण साधन हुँदैजाने कुरामा पनि सचिव लिउले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु