फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा बैकिङ क्षेत्रको वैदेशिक खुल्लापनको विस्तार

(GMT+08:00) 2017-08-25 18:15:13

चीनले नयाँ उर्जाद्बारा सञ्चालित गाडी, बैंक, स्टक र बीमा व्यवसाय लगायतका बाह्रवटा क्षेत्रको वैदेशिक खुल्लापन अझ बढाउनका लागि आगामी सेप्टेम्बरको अन्त्य अगाडि विभिन्न सम्बद्ध वास्तविक नीति प्रस्तुत गर्ने योजना बनाएको छ। चीनका उप वाणिज्य मन्त्री वाङ शौ वनले अगष्ट पच्चीस तारिख राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

खुल्लापनको विस्तार गर्नुका साथै चीनले नयाँ उर्जाद्बारा सञ्चालित गाडी, बैंक, स्टक र बीमा व्यवसाय लगायतका बाह्रवटा क्षेत्रका लागि विदेशतर्फ खुला हुने ठोस समयावधि र गुरुयोजनालाई निश्चित पार्ने कुरा पनि उप वाणिज्य मन्त्री वाङले औँल्याउनुभएको छ।

यो वर्षको उत्तरार्द्धमा चीनले विदेशी उत्कृष्ट व्यक्तिका लागि प्रवेशाज्ञा सम्बन्धी वास्तविक नियम लागु गर्नेछ। त्यसबाट चीनमा काम गर्न अझ बढी उच्च गुणस्तरीय विदेशी व्यक्तिलाई प्रोत्साहन गर्न सकिनेछ।

जानकारी तथा लेखहरु