फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानद्बारा चिनियाँ व्यवसाय र निजी व्यक्तिमाथि एकतर्फी नाकाबन्दी लगाएकोमा चीनको आपत्ति

(GMT+08:00) 2017-08-25 18:16:12

जुनसुकै मुलुकले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रारुप बाहिर एकतर्फी नाकाबन्दी लगाउने अझ विशेषगरी चिनियाँ व्यवसाय अथवा निजी व्यक्तिमाथि नाकाबन्दी लगाउने कुराको चीनले कडा शब्दमा विरोध गरेको कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज अगष्ट पच्चीस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, जापान सरकारले पच्चीस तारिख मन्त्री परिषद्को बैठकमा उत्तर कोरिया लक्षित एकतर्फी नाकाबन्दी कदमलाई पारित गरेको छ। त्यसमा पाँचवटा चिनियाँ व्यवसाय र एकजना निजी व्यक्ति पनि समावेश छन्।

जापानले चीनको गम्भीर अडानको बावजुद कुनै मुलुकपछि हिँडेर चिनियाँ व्यवसाय र निजी व्यक्तिमाथि आर्थिक नाकाबन्दी लगाएकोमा चीनले कडा शब्दमा असन्तुष्टि र दृढताका साथ विरोध गरेको कुरा पनि प्रवक्ता ह्वाले बताउनुभएको छ।

जानकारी तथा लेखहरु