फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका ठूला परियोजनामा लगानी गर्ने चीनको चाहना

(GMT+08:00) 2017-08-26 14:38:11

नेपालका भौतिक योजना तथा पूर्वाधार मन्त्री वीरवहादुर बलायर र स्टेट काउन्सिल लेजिस्लेटिभ अफेयर्स अफिस चाइनाका मिनिस्टर यु आन सु होङबीच काठमाडौँमा भेटवार्ता भएको छ।

सिंहदरबारस्थित भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा भएको भेटमा मिनिस्टर यु आन सु होङले पूर्वाधार विकास सम्बन्धि कानुनी प्राबधान, लगानी सुरक्षा लगायतका विषयमा चासो राख्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ। चीनले ठूल्ठूला पूर्वाधारमा लगानी गर्न तयार रहेको जनाउँदै उहाँले नेपालको तर्फबाट ठोस प्रस्ताव आओस् भन्ने चाहेको जानकारी गराउनु भएको छ।

जवाफमा मन्त्री बलायरले चीनको लगानी प्रस्तावलाई स्वागत गर्दै कानुनी प्राबधानका विषयमा जानकारी गराउनु भएको छ। 'चीनले नेपालमा ठूलो मात्रामा लगानी गर्न चाहेको छ, मिनिस्टर युआन सु होङले कानुन, अर्थ र पूर्वाधार सम्बन्धित विषय हेर्नुहुन्छ, उहाँले नेपालले चीनबाट चाहेको सहयोग र सहायताका विषयमा ठोस प्रस्ताव राख्न अनुरोध गर्नुभयो', मन्त्री बलायरका प्रेस संयोजक रमेश जोशीले भन्नुभयो।

यस्तै, मन्त्री बलायरले तातोपानी नाका खुलाउने, अरनिको राजमार्गको स्तरोन्नती, स्याफु्रवेशी रसुवागढी 16 किलोमिटर सडकलाई डबल लेन गर्ने, अरनिको हाइवेको मर्मत सम्भार लगायतका विषयमा सहायता माग गर्नु भएको थियो। मन्त्री बलायरले राखेको सहायता प्रस्तावप्रति चिनियाँ मिनिस्टर युआनले सकारात्मक जवाफ दिनु भएको जोशीले बताउनुभयो।

युआनले ट्रेन, भूमिगत रेल लगायतका ठूला परियोजनामा लगानी गर्ने चीनको इच्छा रहेको बताउनु भएको थियो। बैठकमा भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव, सहसचिव, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतको उपस्थिती रहेको थियो।

जानकारी तथा लेखहरु