फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चमेलियाबाट 3 महिनाभित्रै उत्पादन

(GMT+08:00) 2017-08-26 14:42:58

चमेलिया जलविद्युत् आयोजनाले आगामी 3 महिनाभित्र बिजुली उत्पादन गर्ने भएको छ। सिभिलतर्फको काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन छिट्टै हुने आयोजनाले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

शैल्यशिखर नगरपालिका 1 बलाचमा निर्माणाधीन उक्त आयोजनाबाट 30 मेगावाट बिजुली उत्पादन हुनेछ। हालकै गतिमा काम भए यसअघिको तालिकाभन्दा 1 महिना अगाडि विद्युत् उत्पादन हुनेछ। ड्राई टेस्टको काम सकेर अडिट बन्द गर्ने कार्य चलिरहेको आयोजनाले जनाएको छ।

साढे 4 किलोमिटर सुरुङका 3 टनेलमध्ये 1 र 3 नम्बर बन्द गरिसकेको र 2 नम्बर बन्द गर्ने कार्य भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो। हाल टनेल प्लकिङ र सुरुङ सरसफाइको काम भइरहेको छ। 'यो सबै सकिएपछि सिभिलतर्फको काम सकिन्छ, त्यस लगत्तै सुरुङमा पानी छाड्ने गरी काम हुनेछ,' उहाँले भन्नुभयो, 'सुरुङमा पूरै नदी लगाउन नमिल्ने हुँदा पानी भर्न 10/12 दिन लाग्छ, सँगै सुरुङ परीक्षण हुने र त्यसपछि पावर हाउसमा जडित मेसिन परीक्षण गरिन्छ।'आयोजनाको 1 सय 33 केभी ट्रान्सफर्मरको एकातिरको लाइनमा पर्ने रूख कटान गरी अत्तरियासम्मको 1 सय 30 किलोमिटर प्रसारण लाइन क्लियर गरेको आयोजना प्रमुख दाहालले बताउनुभयो। कात्तिकबाट उक्त प्रसारण लाइनमा पर्ने दुवैतिरका रूख कटान गरिनेछ। परीक्षण सकिएपछि नोवेम्बरमा बत्ती बाल्ने गरी काम भइरहेको उहाँले जनाउनुभयो।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना समयमै सम्पन्न नहुँदा महँगो बन्दै गएको छ। आयोजनाको कुल लागत हालसम्म 15 अर्ब 6 करोड रुपैयाँ पुगेको छ। समयै निर्माण हुँदा 8 अर्ब रुपैयाँ लागतमा पूरा हुने थियो। निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन र कमजोर भू–बनोटलगायतले आयोजनाको लागत बढेको हो।

जानकारी तथा लेखहरु