फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"थेन क"नामको आँधी बेहरीबाट मकाउमा गम्भीर क्षति

(GMT+08:00) 2017-08-26 14:47:30

"थेन क"नामको आँधी बेहरीबाट मकाउमा ठूलो क्षति पुर्‍याएकोमा मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारलाई सहायता दिनका लागि मकाउमा तैनाथ चिनियाँ जन मुक्ति सेना फौजले अगष्ट पच्चीस तारिख झण्डै एक हजार सिपाहींलाई पठाएको छ। ती सिपाहीहरूले मकाउका विभिन्न पक्षका देशबन्धुहरूसँगै एकताबद्ध भएर प्रकोप पीडितका लागि उद्धार कार्य चलाएका छन्। उनीहरूले सक्दो प्रयासमार्फत मकाउका देशबन्धुहरूको धनजनको सुरक्षाको संरक्षण गरेको र मकाउमा छिटै नै जीवनयापन सामान्य अवस्थामा फर्कने बताएका छन्।

मातृभूमिमा समाहित भएयताको सबैभन्दा भयङ्कर आँधी बेहरी "थेन क"ले मकाउका बासिन्दाहरूको जीवन र समस्त शहरको वातावरणलाई गम्भीर क्षति पारेको छ।

मकाउमा तैनाथ फौजका सिपाहीहरूले आदेश पाउने बित्तिकै गम्भीर प्रकोपपिडीत क्षेत्र गएर प्रकोपपछिको सहायता गर्नुबाहेक बाटोघाटोमा रहेका अवरोध र फोहर वस्तुहरूलाई हटाएका छन्।

जानकारी तथा लेखहरु