फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"मरुभूमीकरण प्रतिरोधात्मक सन्धि"को तेह्रौं सम्मेलन चीनमा हुने

(GMT+08:00) 2017-08-26 14:48:10

"संयुक्त राष्ट्र संघको मरुभूमीकरण प्रतिरोधात्मक सन्धि"को तेह्रौं सम्मेलन आगामी सेप्टेम्बर छ तारिख चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको अर्दोस शहरमा आयोजना हुनेछ। सो सम्मेलन सम्बन्धी अर्दोस शहरको तयारी कार्यकारी परिषद्ले अगष्ट पच्चीस तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेको हो।

प्राप्त जानकारी अनुसार, यस पटकको सम्मेलनमा मुख्यत: संयुक्त राष्ट्र संघको सन् 2030 दिगो विकास प्रक्रियालाई व्यवहारमा उतार्ने, त्यस सन्धिको नयाँ रणनीतिक प्रारुपको तर्जुमा गर्ने, भूमि निराश हुने शुन्य बृद्धि लक्ष्यलाई निश्चित पार्ने र पूँजी समर्थन जुटाउने आदि कार्यभार सम्पन्न हुनेछ।

मरुभूमीकरण सन्धिका 196 वटा संस्थापक पक्षका सरकार, आबद्ध अन्तर्राष्ट्रिय संगठन र गैर-सरकारी संगठनका झण्डै एक हजार चार सयभन्दा बढी प्रतिनिधिहरूको उक्त सम्मेलनमा सहभागिता हुनेछ।

जानकारी तथा लेखहरु