फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-08-26 14:48:56

यो साता चीन र भारतको सीमा सेनाले सीमावर्ती क्षेत्रको सुरक्षामा केही विवाद देखिएको छ। भरतीय सीमा सुरक्षा बलले अवैध रुपमा चिनियाँ भूमिमा प्रवेश गरी चिनियाँ सीमा सेनासँग विवाद गरेको दुई महिना भइसकेको छ। यो अवधिमा चीनले धेरै पटक भारतलाई कडा शब्दमा आफ्नो अडान व्यक्त गरेर भारतीय सेनासँग सबै उपकरण र व्यक्ति हटेर जानुपर्ने आग्रह गर्दै आएको छ।

गत हप्ता चीन र भारतको अर्को सीमावर्ती क्षेत्रमा तनाव देखा परेको छ। दुई देशको सीमाको पश्चिमी भाग रहेको पानगोङ्ग ताल क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु आपसमा मुठभेद भएको थियो। सो मुठभेदबाट केही चिनियाँ सैनिक घाइते भएका छन्। यसका लागि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले यस्तो गतिविधिलाई चीनले कडा असन्तोष व्यक्त गरेको र भारतसमक्ष कडा विरोध गरेको बताउनुभयो।

हालै भारतले चीनका लागि गरेको व्यापारिक संरक्षणवादमा चीनको ध्यान आकर्षण भएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङ्गले अगस्ट चौबीस तारिख चीनले भारतसँग व्यापारिक नियमको पालना गरी वार्ता र सहयोगमार्फत समस्याको समाधान गर्न भारतलाई आह्वान गरेको बताउनुभयो। चीनले भारतसँग संयुक्त प्रयास गरी दुई मुलुकको व्यावसायिक क्षेत्रबीचको आदानप्रदान चौतारो स्थापना गर्ने, पारस्परिक हित-कल्याण र पूर्ण सफलतालाई साकार तुल्याउने चीनको आशा रहेको प्रवक्ता काउले बताउनुभयो।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अगस्ट तेईस तारिखदेखि भारतको भ्रमण गर्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले नेपाल र भारतको सम्बन्ध स्वस्थ रुपमा विकास हुँदा चीनलाई खुशी लागेको बताउँदै, "बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई"प्रस्ताव एउटा खुला र उपयुक्त प्रस्ताव भएको र यसले क्षेत्रीय मुलुकबीचको सम्पर्क र साझा विकासका लागि हितकर रहनेमा उहाँले पनि जोड दिनुभयो।

पाकिस्तानको विदेशी मन्त्रालयले अगस्ट बाईस तारिख एउटा वक्तव्य जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादको संरक्षण भन्ने भनाइलाई खारेज गर्दै पाकिस्तानले आतंकवादलाई प्रहार गर्दै जानेमा प्रयास गर्ने जनाएको छ। आतंकवाद विश्वका विभिन्न मुलुकको साझा शत्रु रहेको उल्लेख गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय समाजसँग आतंकवादमाथि प्रहार गर्दै जाने, दक्षिण एशियाको शान्ति र स्थिरतालाई अघि बढाउने उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु