फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका दुईवटा प्रदेशमा ठूलो दङ्गा

(GMT+08:00) 2017-08-26 15:14:30

भारतको उत्तर-पश्चिमी हरियाना प्रदेश र पन्जाब प्रदेशमा अगष्ट पच्चीस तारिख ठूलो मात्रामा दङ्गा भड्किँदा एकतीसजनाको ज्यान जानुका साथै सयौँजना घाइते भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

"इन्डिया टुडे"ले जनाए अनुसार, डेरा सच्चा सौदा नामक संगठनका नाइके गुरमित राम रहिम सिंहलाई बलात्कारको मुद्दामा अदालतले जेल सजाय सुनाएपछि प्रतिरोध गर्दा दङ्गा मच्चाएका हुन्। हालसम्म हरियाना प्रदेशमा 224 वटा हिंसात्मक गतिबिधि भएका छन् भने पन्जाबमा 64 वटा हिंसात्मक काण्ड भएका छन्। हरियाना, पन्जाब र उत्तर प्रदेशका केही क्षेत्रमा रात्रीकालीन कर्फ्यु लगाइएको छ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले ट्विटरमार्फत हिंसा मच्चाइएको र सार्वजनिक धनसम्पति नष्ट पारिएकोमा कडा शब्दमा निन्दा गर्नुभएको छ। हालसम्म त्यो धार्मिक संगठनका लगभग एक हजार धर्मावलम्बीहरूलाई प्रकाउ गरिसकेको हरियाना प्रदेशको प्रहरीले जनाएको छ।

जानकारी तथा लेखहरु