फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपाल राजनीतिक विश्वास बढिरहेको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2017-08-27 15:08:49

नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल–चीन कूटनीतिक सम्बन्धको 62 वर्षमा राजनीतिक विश्वास बढ्दो अवस्थामा रहेको बताउनु भएको छ। दुई देशबीचको सम्बन्ध सुमधुर र समझदारीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'गत मेमा बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा सहमति र गत साता सम्पन्न उपप्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप उचाइ र विश्वासिलो बनाएको छ।'

एक सयभन्दा बढी विद्यार्थीलाई चिनियाँ छात्रवृत्तिको प्रमाणपत्र दिने कार्यक्रममा शनिबार राजदूत युले यस्तो धारणा व्यक्त गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले अरनिको समाजको सहकार्यमा उक्त छात्रवृत्ति पाउने विद्यार्थीलाई प्रमाणपत्र दिएको हो। ती विद्यार्थीहरूले चीनका फरकफरक विश्वविद्यालयमा उच्चशिक्षा लिनेछन्।

चीन–नेपाल आपसी सहकार्यले दुई देश र जनतालाई वास्तविक रूपमा लाभ पुगेको बताउँदै राजदूत युले चीनले पहिलेदेखि नै नेपालमा शिक्षाको क्षेत्रमा महत्त्व दिँदै आएको बताउनुभयो। 'चीन सरकारको सहयोगमा छात्रवृत्ति कार्यक्रम दुई देशको शैक्षिक आदानप्रदानको सबैभन्दा महत्त्वपूर्ण अंश हो। यसले नेपालका लागि उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्नेछ,' उहाँले भन्नुभयो, 'चीनमा अध्ययन गरेर फर्केकाहरू नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेका छन्, उनीहरू नेपाल–चीन सम्बन्धका पुलसमेत हुन्।'

सन् 2016 मा चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या 5 हजार 1 सय 60 पुगेको थियो। यस वर्ष त्यो संख्यामा धेरै वृद्धि हुने पनि उहाँले बताउनुभयो। अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले चीनमा हुने अध्ययनका बारेमा जानकारी दिनु भएको थियो। उहाँले चीन जाने विद्यार्थीलाई आफ्नो अध्ययनका साथै चीनलाई नियाल्न पनि आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु