फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद परिषद्का अध्यक्षद्बारा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्याङ्कन

(GMT+08:00) 2017-08-27 15:19:35

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद परिषद्का अध्यक्ष थोमस बाहले अगष्ट छब्बीस तारिख दिउँसो पैचिङ्गका ऊ ख सोङ खेलकुद केन्द्र आदि ठाउँको अवलोकन र निरीक्षण गर्नुभएको छ। त्यस क्रममा बाहले पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्याङ्कन गर्दै त्यसबाट हरित ओलम्पिक भन्ने विचार स्पष्टसँग प्रतिबिम्बित गरिएको ठहर पनि गर्नुभएको छ। यसबाहेक उहाँले तेह्रौँ राष्ट्रिय खेलकुदको "समस्त जनता खेलकुदमा संलग्न हुने" नाराको सराहना गर्नुभएको छ।

अध्यक्ष बाहले अघिपछि गरी ऊ ख सोङ खेलकुद केन्द्र र पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको संयोजन समिति अन्तर्गत राजधानी इस्पात कारखानाको अखडाको अवलोकन गर्नुभयो। अवलोकन गरेपछि उहाँले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्याङ्कन गर्नुभयो। पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे विकलाङ्ग ओलम्पिक खेलकुदको तयारी कार्य उत्कृष्ट रहेको बताउँदै उहाँले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समिति तथा अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् बीचको सहयोग पनि निकै घनिष्ट रहेको कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु