फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा दङ्गाग्रस्त क्षेत्रको परिस्थिति अझ तनावपूर्ण

(GMT+08:00) 2017-08-27 15:20:18

भारतको उत्तर-पश्चिमी भागमा गत पच्चीस तारिख ठूलो परिमाणको दङ्गा मच्चाइएकापछि हरियाना प्रदेश, पन्जाब प्रदेश र राजधानी नयाँ दिल्ली आदि ठाउँको परिस्थिति अझ तनावपूर्ण रहेको देखिन्छ। केही स्थानहरूले आपतकालीन अवस्थामा प्रवेश गरेका छन्।

प्राप्त जानकारी अनुसार, सरकारले हरियाना प्रदेशमा दुईवटा फौज र अन्य दशवटा सैनिक टोलीको तैनाथ गरी तत्स्थानको सुरक्षालाई सबल पारेको छ। यसबाहेक ती फौजहरूले संवेदनशील क्षेत्रमा गश्ती गरिरहेका छन्। प्रहरीले आफ्नो घरबाट बाहिर नजान सिर्सा र पान्चकुलाका बासिन्दाहरूलाई आग्रह पनि गरेको छ।

जानकारी तथा लेखहरु