फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विगत पाँच वर्षदेखि चीन विश्व पहिलो ठूलो औद्योगिक रोबोट बजार

(GMT+08:00) 2017-08-27 15:21:04

हिजो अगस्ट छब्बीस तारिख पैचिङ्गमा 'चिनियाँ रोबोट व्यवसाय विकास प्रतिवेदन 2017'प्रकाशित गरिएको छ। उक्त प्रतिवेदन अनुसार, चीनको रोबोट बजार उच्च गतिको वृद्धि अवधिमा प्रवेश भएर औद्योगिक रोबोट क्षेत्रमा निरन्तर पाँच वर्षमा विश्वको पहिलो ठूलो हिस्सा लिएको उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनका अनुसार, विश्वमा बृद्ध-बृद्धाको संख्या निरन्तर रुपमा बढिरहेकाले चिकित्सा र शिक्षा आदि क्षेत्रमा रोबोटको आवश्यक्ता वृद्धि हुने र चीनको सेवा क्षेत्रमा रोबोटले वृहत बजारको हिस्सा र विकासको वातावरण हुने छ।

सन् 2017 मा चीनको सेवा क्षेत्र रोबोटको बजार परिमाण एक अर्व बत्तीस करोड अमेरिकी डलर पुग्ने र गत वर्षको तुलनामा 28 प्रतिशतले वृद्धि हुने अनुमान उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु