फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पारमाणिक उर्जा एजेन्सी स्वतन्त्र हुनुपर्ने इरानी विदेशी मन्त्रीको भनाइ

(GMT+08:00) 2017-08-27 15:21:47

अमेरिकी प्रतिनिधिले अन्तर्राष्ट्रिय पारमाणिक उर्जा एजेन्सीसँग इरानको आणविक प्रबन्धको जाँचबुझ गर्न आह्वान गरेकोमा इरानका विदेश मन्त्री मोहम्मद जाभाद जारिफले अमेरिकी प्रक्रियाले इरान आणविक समस्या सम्पूर्ण सन्धिको उल्लंघन गरेको र अन्तर्राष्ट्रिय पारमाणिक उर्जा एजेन्सीले संगठनको स्वतन्त्रतालाई कायम राख्नुपर्ने बताउनुभएको छ।

अमेरिकाले संयुक्त राष्ट्र संघमा तैनाथ गरेको स्थायी सदस्य निक्की हालेले अन्तर्राष्ट्रिय पारमाणिक उर्जा एजेन्सीको भियना मुख्यालयको भ्रमण गरी अगस्ट पच्चीस तारिख न्युयोर्कको संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकारसँग भेट गर्नुभयो। अन्तर्राष्ट्रिय पारमाणिक उर्जा एजेन्सीले सशक्त जाँचबुझ योजना गरेको तर इरानले एजेन्सीको जाँचबुझलाई बाधा स्थापना गरेको निक्कीले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु