फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानको एक मस्जिदमा भएको आक्रमणबाट तीसजनाको मृत्यु

(GMT+08:00) 2017-08-27 15:50:20
 

अफगानिस्तानी सञ्चार-माध्यमले अगष्ट छब्बीस तारिख सुरक्षा विभागलाई उद्बृत गर्दै जनाए अनुसार, गत पच्चीस तारिख राजधानी काबुलको मस्जिदमा भएको आक्रमणमा मृत्यु भएको संख्या तीसभन्दा बढी पुगेको छ भने अन्य असीजना घाइते भएका छन्।

केही सशस्त्र तत्वहरूले गत पच्चीस तारिख काबुलको उत्तरी भागस्थित शियापन्थीको एउटा मस्जिदमाथि आक्रमण गरेका थिए। त्यति बेला धेरै सर्वसाधारणहरूले मस्जिदमै प्रार्थना गरिरेहका थिए। दुईजना सशस्त्र व्यक्तिले मस्जिदमा आत्मघाती बम विस्फोट गराएका थिए भने अन्य दुईजना आक्रमणकारीलाई प्रहरीले मारिदिएको थियो।

अफगानिस्तानी राष्ट्रपति असरफ घानीले छब्बीस तारिख राति एउटा बक्तव्य जारी गर्दै उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ। उता उग्रवादी इस्लामिक स्टेटले आफ्नो नियन्त्रणमा रहेको सञ्चार-माध्यमद्बारा उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

जानकारी तथा लेखहरु