फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाद्बारा केही क्षेप्यास्त्रको परीक्षणात्मक प्रक्षेपण

(GMT+08:00) 2017-08-27 16:02:54

उत्तर कोरियाले अगष्ट छब्बीस तारिख बिहान केही क्षेप्यास्त्रको परिक्षणात्मक प्रक्षेपण गरेको छ। अमेरिका, फ्रान्स र रुसको त्यसमा ध्यान आकर्षण भएको छ।

गणतन्त्र कोरियाली सेना पक्षले छब्बीस तारिख जनाए अनुसार, उत्तर कोरियाले त्यसै दिन बिहान गाङवान दो भन्ने ठाउँबाट कोरियाली प्रायद्बीपको पूर्वी समुद्री क्षेत्रतर्फ केही अज्ञात वस्तुको परिक्षणात्मक प्रक्षेपण गरेको थियो। अमेरिकी सेनाले उत्तर कोरियाले लगातार तीन पटक क्षेप्यास्त्र परिक्षणात्मक प्रक्षेपण गरेको सङ्केत पाएको जनाएको छ।

अमेरिकी ह्वाइट हाउसले हिजै राति एउटा बक्तव्यमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाद्बारा क्षेप्यास्त्रको परीक्षणात्क प्रक्षेपण गरिएको अवस्था थाहा पाउनुभएको जनाउँदै ह्वाइट हाउसले त्यस काण्डको ख्याल-विचार गर्ने कुरा जनाएको छ।

फ्रान्सेली परराष्ट्र मन्त्रालयले हिजै एउटा बक्तव्य प्रकाशित गर्दै उत्तर कोरियाले जापानी समुद्रतर्फ क्षेप्यास्त्रको प्रक्षेपण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेको छ।

जानकारी तथा लेखहरु