फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौलिक शैलीका घर बनाइँदै

(GMT+08:00) 2017-08-28 14:07:39

तनहूँको बन्दीपुरमा पुरातात्त्विक महत्त्व झल्कने डिजाइनका भवन बनाउने अभियान सुरु भएको छ। पश्चिमा शैली झल्कने घर बनाउँदा पर्यटक आकर्षित नहुने भन्दै होटल व्यवसायीले नेपाली शैलीका घर निर्माणमा जोड दिएका कान्तिपुर अनलाइनले लेखेको छ।

भवन निर्माण आचारसंहिता पूर्ण पालना गर्ने र आकर्षक डिजाइन हुनुपर्ने गाउँपालिकाको निर्णयपछि नेपाली पुराना शैलीका घर बनाउने अभियानलाई बल मिलेको छ। 'पोहोर नगरपालिकाले पास गरेको एजेन्डा कडाइसाथ लागू गर्ने गरी परिषद्ले काम थालेको छ,' गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले भन्नुभयो, 'बन्दीपुरको पहिचान घरको डिजाइनले पनि देखियोस् भन्नेमा जोड दिएका छौं।' दुई वर्षयता सयवटा जति घर पुरातात्त्विक शैलीमा बनिसकेको उनले जानकारी दिए। नगरपालिका भइसकेको बन्दीपुर स्थानीय तह पुनर्संरचनापछि गाउँपालिका भएको हो।

नगरपालिकाले लागू गरेका घर तथा भवन निर्माणसम्बन्धी नियमलाई गाउँपालिकाले पनि निरन्तरता दिएको छ। भवनसंहिताको मापदण्डभित्र रहेर नेपाली शैलीका घर तथा भवन बनाउन पर्यटन व्यवसायी पनि सकारात्मक छन्। नयाँ आचारसंहितामा उल्लिखित दायाँबायाँ, अगाडि र पछाडि खाली जमिन छाड्ने, तोकिएभन्दा अग्ला घर बनाउन नपाइने र कम्तीमा 30 प्रतिशत जमिन खाली छाड्नुपर्ने प्रावधान गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ।

जानकारी तथा लेखहरु