फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौँ चिनियाँ राष्ट्रिय खेलकूद प्रतियोगिता थ्येन चिनमा शुरु

(GMT+08:00) 2017-08-28 18:07:17

तेह्रौं चिनियाँ राष्ट्रिय खेलकूद प्रतियोगिता हिजो अगष्ट सत्ताईस तारिख थ्येन चिन ओलम्पिक रंगशालामा औपचारिका रुपमा शुरु भयो।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ उद्घादन समारोहमा सहभागी हुनुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह र एशिया ओलम्पिक समितिका अध्यक्ष अहमद अल-फाहद अल-साबह पनि उद्धादन समारोहमा सहभागी हुनुभएको छ।

यस पटकको राष्ट्रिय खेलकूद प्रतियोगिता बाह्र दिन संचालन हुने छ। प्रतियोगितामा अड्तीस समूहका दश हजार भन्दा बढी खेलाडीबीचमा तेत्तीस ठूलो प्रतियोगितामा भिडन्त हुनेछ।

यस पटकको राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी सेप्टेम्बर आठ तारिख सम्पन्न हुने छ।

जानकारी तथा लेखहरु