फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षसँग भेट-वार्ता

(GMT+08:00) 2017-08-28 18:07:43

 चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अगष्ट सत्ताईस तारिख दिउँसो थ्येन चिनमा चीनको राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनुभएका अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह र एशियाली ओलम्पिक समितिका अध्यक्ष अहमद अल-फाहद अल-साबहसँग भेट-वार्ता गर्नुभयो।

थोमससँगको भेट-वार्तामा राष्ट्राध्यक्ष सीले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको विभिन्न तयारी काम सकारात्मक भइरहेको बताउनुभयो। उहाँले चीनले विश्वका लागि एउटा सुन्दर, असाधारण र उत्कृष्टता हिउँदे ओलम्पिक खेलकुद दिने बताउनुभयो।

अध्यक्ष थोमसले चिनियाँहरुले सन् 2022 को हिउँदे ओलम्पिक खेलकुदलाई उत्साहित हुँदै प्रतीक्षा गरेको भन्दै यो हिउँदे ओलम्पिक खेलकुद एउटा हरित, उच्च प्रबिधि र दिगो विकासको ओलम्पिक हुने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष अहमद अल-फाहद अल-साबहसँगको भेट-वार्तामा, राष्ट्राध्यक्ष सीले एशियाली ओलम्पिक समितिद्बारा चिनियाँ खेलकुद मामिला र एशियाली खेलकुदको विकासमा सकारात्मक योगदान पुर्‍याएकोमा धन्यबाद व्यक्त गर्नुभयो। उहाँले चीनले एशियाली ओलम्पिक समितिका कामलाई निरन्तर समर्थन गर्दै जाने कुरामा जोड दिनुभयो।

अध्यक्ष अहमद अल-फाहद अल-साबहले एशियाली ओलम्पिक समितिले चीनसँग घनिष्ट सहयोग गर्दै एशियाली खेलकुदलाई पूर्ण विकास गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु