फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोक्लम क्षेत्रबाट भारतीय सीमा फौज फिर्ता

(GMT+08:00) 2017-08-28 18:09:58

चीनको परराष्ट्रमन्त्रालयका अनुसार, अगष्ट अठाइस तारिख दिउँसो चीन-भारत सीमा क्षेत्र सिक्किनबाट चिनियाँ क्षेत्रमा प्रवेश गरेका भारतीय सीमा रक्षक तथा उनीहरुको प्रबन्धहरु सबै भारतपट्टि सारिएको छ। भारतीय सेना अवैध रुपमा सीमा रेखा पार गरेर चीनमा प्रवेश गरेको समस्याको समाधान भइसकेको छ।

अठाइस तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले गत जुन अठार तारिख भारतीय सीमा सुरक्षा बलले अवैध रुपमा चीन-भारत सीमाको सिक्किनस्थित निश्चित चिनियाँ दोक्लम क्षेत्रमा पार भएको भन्दै चीनले कुटनीतिक उपायमार्फत धेरै पटक भारतसँग कुराकानी गरी सीमा क्षेत्र पार भएको आफ्ना सेनालाई फिर्ता लिन भारतसँग ताकिता गरेको जानकारी दिनुभयो। साथै चिनियाँ सेनाले सम्बन्धित जवाफी कदम चालेर देशको सार्वभौमिकता र वैधानिक अधिकारको संरक्षण गरेको पनि उहाँले बताउनुभयो।

प्रवक्ता ह्वाले अठाइस तारिख दिउँसो साढे दुई बजेतिर भारतले सीमा क्षेत्र पार भएको सेना र प्रबन्धलाई भारततर्फ फिर्ता लिएको छ र तत्स्थानमा रहेका चिनियाँ सेनाले त्यसबारे निश्चित गरेको व्यक्त गर्नुभयो। चीनले इतिहासमा तोकिए अनुसार सार्वभौमिक अधिकारको संरक्षण गरिरहने पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु