फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधि मण्डलको सिडनी भ्रमण

(GMT+08:00) 2017-08-29 18:04:26

अगष्ट सत्ताईस तारिखदेखि उनन्तीस तारिखसम्म चिनियाँ तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधि मण्डलले अस्ट्रेलियाको सिडनीको भ्रमण गरेको छ। राज्य परिषदको प्रेस कार्यालय अन्तर्गत मानव अधिकार मामिला व्यूरोका उप निरीक्षक वाङ येन वन यो प्रतिनिधि मण्डलका प्रमुख हुनुहुन्छ। पैचिङ र तिब्बतका विशेषज्ञहरु र तिब्बती अधिकारीहरु यो प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन‍छ।

सिडनी भ्रमणका अवसरमा प्रतिनिधि मण्डलले सिडनीका लागि चीनका महावाणिज्यदूतसँग भेट वार्ता गर्नुभयो। प्रतिनिधि मण्डलले स्थानीय एघारवटा प्रभावकारी चिनियाँ भाषा सञ्चार माध्यमसँग आदान-प्रदान पनि गर्नुभयो।

प्रतिनिधि मण्डलले चीनको जातीय नीतिलाई प्रवर्द्धन गर्दै केन्द्रीय सरकारले तिब्बतको आर्थिक विकासमा दिएको नीतिहरू बारेमा जानकारी दिनुभयो। प्रतिनिधि मण्डलले ठूलो तथ्याङ्क र उदाहरणहरुबाट तिब्बतको द्रुत गतिको विकासको पनि जानकारी दिनुभएको छ।

सिडनीका स्थानीय संचारमाध्यमले प्रतिनिधि मण्डलको जानकारीलाई धन्यबाद व्यक्त गर्नुका साथै चीन सरकारले तिब्बतको विकासलाई महत्वमा ध्यान दिएको समाचार सम्प्रेषण गरेका छन्।

जानकारी तथा लेखहरु