फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ई-वाणिज्य ब्रिक्स मुलुक बीचको आर्थिक व्यापार सहयोगको मुख्य विषय

(GMT+08:00) 2017-08-29 18:05:20

 केही वर्षदेखि वृहत तथ्याङ्क, इन्टरनेटका सामग्री आदि प्रबिधिको द्रुत गतिले विकास भइरहेको र ई-वाणिज्य विश्वभरि द्रुत गतिले विस्तार भइरहेको छ। चिनियाँ वाणिज्य मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विभागका प्रमुख चाङ शाउ काङले हिजो अगष्ट अठ्ठाईस तारिख ई-वाणिज्य ब्रिक्स मुलुक बीचको आर्थिक व्यापार सहयोगको मुख्य विषय हुने जानकारी दिनुभयो।

यसै वर्षको अगष्टमा आयोजित ब्रिक्स मुलुक आर्थिक व्यापार मन्त्री स्तरीय सम्मेलनमा विभिन्न पक्षले "ब्रिक्स मुलुक ई-वाणिज्य सहयोग सम्झौता"लाई पारित गरेका छन्। उहाँले सम्बन्धित सहयोग सवल पारेपछि ब्रिक्स मुलुकको व्यापारस्तरलाई बढाउने बताउनुभयो।

चीनले यो वर्षको अन्तमा पहिलो पटक ई-वाणिज्य तालिम कक्षाको आयोजना गर्नका लागि ब्रिक्स मुलुकका ई-वाणिज्य सम्बन्धी अधिकारी, अनुसन्धानकर्ताहरू, व्यवसायका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्ने प्रमुख चाङ शाउ काङले बताउनुभयो।

जानकारी तथा लेखहरु