फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सीमा फौजले दोग्लाङ क्षेत्रमा निन्तर गस्ती गर्ने

(GMT+08:00) 2017-08-29 18:11:24

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले चिनियाँ भूमिमा अवैध रुपमा प्रवेश गरेका भारतीय फौज भारततर्फ फिर्ता भइसकेको र चीनको सीमा फौज निरन्तर रुपमा दोग्लाङ क्षेत्रमा तैनाथ भई गस्ती गरिरहेको बताउनु भएको छ।

आज अगष्ट 29 तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। प्रवक्ता ह्वाले सीमा क्षेत्रको संरक्षण गर्न र स्थानीय सैनिक तथा सर्वसाधारणको जनजीवन सुधार गर्नका लागि लामो समयदेखि चीनले दोग्लाङ क्षेत्रमा सडक लगायत पूर्वाधार निर्माण गरिरहेको छ भन्दै चीनले मौसमलगायत विभिन्न तत्व लिएर समष्टिगत रुपमा विचार गरी व्यावहारिक अवस्थाको आधारमा सम्बन्धित निर्माण योजनाको तर्जुमा गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु