फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीचको मुख्य नाका रसुवा भन्सारबाट दैनिक करोड राजस्व संकलन

(GMT+08:00) 2017-08-30 17:44:24

चीन र नेपालबीचको मुख्य नाका सुवागढी भन्सारले दैनिक 1 करोड रुपैयाँ राजस्व संकलन गर्न थालेको छ। नयाँ तोकेको यथार्थ खरिद मूल्यअनुसार व्यापारीले सामान आयात गर्न सहमति जनाएपछि भन्सारको नियमित कारोबार बढेको कान्तिपुर अनलाइनले लेखेको छ।

भन्सारले यसअघि व्यापारीले खरिद मूल्य न्यून घोषणा गरेको भन्दै समायोजन गर्न अडान लिएको थियो। यसबाट सामानको मूल्य घोषणा र मूल्याङ्कनबाट घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै व्यापारीले आयात गर्न आनाकारी गर्दै आएका थिए। महिनाभन्दा बढीदेखि भन्सार कारोबार लगभग ठप्प थियो।

व्यापारी नयाँ यथार्थ खरिद मूल्यमा सहमत भएपछि आयात बढेको हो। हिजोआज दैनिक 20 देखि 25 कन्टेनर सामान राजधानी जान थालेको भन्सार प्रमुख केदार पनेरूले बताउनुभयो। स्याउ, प्याज, ऊन, लसुन मात्र आयात भइरहेकामा सहमतिपछि दसैंका लागि झिकाइएका तयारी पोसाकलगायतका व्यापारिक वस्तुको आयात बढेको हो। यसबाट भन्सार असुली पनि वृद्धि भएको छ। 'भन्सारमा दैनिक करोडभन्दा बढी राजस्व संकलन भइरहेको छ,' उहाँले भन्नुभयो, 'यस महिनामा सोमबारसम्म 11 करोड 74 लाख रुपैयाँ राजस्व संकलन भएको छ।' साउनमा राजस्व 6 करोड रुपैयाँ मात्र संकलन भएको थियो।

भूकम्पका कारण 28 महिनादेखि तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट आयात निर्यात हुन थालेको हो। यो नाकाबाट मुख्यतया: तयारी कपडा, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, कम्प्युटरसम्बन्धी र प्लास्टिकका सामानलगायतका वस्तु आयात भइरहेका छ। त्यस्तै धातुको मूर्ति, मेहन्दी, दन्तमञ्जन, शृंगारका सामानलगायतका वस्तु निकासी हुने गरेको छ।

जानकारी तथा लेखहरु