फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौँ ब्रिक्स शिखर सम्मेलन चीनको फू च्येङ प्रान्तको स्या मनमा आयोजना हुने

(GMT+08:00) 2017-08-30 17:45:12

 चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज अगष्ट तीस तारिख ब्रिक्स मुलुकका नेता बीचको नवौँ शिखर वार्ता आगामी सेप्टेम्बर तीन तारिखदेखि पाँच तारिखसम्म चीनको फू च्येङ प्रान्तको स्या मन शहरमा आयोजना हुने जानकारी दिनुभयो। उहाँले यस पटकको वार्ताको मुख्य विषय "ब्रिक्स मुलुम बीचको साझेदारी सम्बन्धलाई गहन र अझ उच्च्यालो भविष्यको विकास गर्ने" रहेको बताउनुभयो। प्रवक्ता लुले वार्ताको अवसरमा "आपसी सहयोगलाई गहन पार्ने र साझा विकास प्रवर्द्धन गर्ने" विषयमा उदीयमान बजार मुलुक र विकासोन्मुख मुलुक बीचको वार्ता आयोजना हुने पनि उल्लेख गर्नुभयो। उहाँले चीनका राष्ट्राध्यक्ष सी चिन फिन यस पटकको शिखर वार्ता र ब्रिक्स मुलुक उद्योग तथा वाणिज्य मञ्चको उद्धादन समारोहमा सहभागी हुने बताउनुभयो।

जानकारी तथा लेखहरु