फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा वार्षिक औसत एक करोड चालिस लाख मानिस गरिबीबाट मुक्त

(GMT+08:00) 2017-08-30 17:45:36
 चिनियाँ राज्य परिषद गरिबी निवारण कार्यालयका प्रमुख लिउ योङ फूले हिजो अगष्ट उनान्तीस तारिख सन् 2013 देखि सन् 2016 सम्म हालको मानकमा चीनको ग्रामीण क्षेत्रको गरिबको जनसंख्या नौ करोड उनान्नब्बे लाख नब्बे हजारबाट घटेर हाल चार करोड तेत्तीस लाख पचास हजार भएको जानकारी दिनुभयो। उहाँले गरिबी निवारण भइरहेको जनसंख्या वार्षिक औसत एक करोड चालिस लाख रहेको पनि जानकारी दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि गरिबी निवारणको काम इतिहासमा सबैभन्दा तीब्र हुँदै सफलता प्राप्त गरेको बताउनुभयो। चीनको गरिबी निवारण विषय विश्वको एक प्रमुख विषय रहेको पनि उल्लेख गर्नुभयो।

विगत चार वर्षदेखि गरिबी क्षेत्रका नागरिकहरुको आय स्पष्ट रुपमा बृद्धि भएको, जीवनस्तरमा राम्रो सुधार भएको पनि उहाँले औँल्याउनुभयो।

चीनमा सबैभन्दा गहन समस्याका रुपमा रहेको गरिब क्षेत्र र गरिबी समस्या निकै जटिल रहेको बताउँदै प्रमुख लिउले गरिबी निवारणको काम धेरै निकै कठिन रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु