फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लो इनरिच युरेनियम भण्डारण निर्माणमा चीनको समर्थन

(GMT+08:00) 2017-08-30 18:18:54

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले लो इनरिच युरेनियम भण्डारण निर्माण गर्न चीनले समर्थन गरिरहेको बताउँदै गत अप्रिलमा अन्तर्राष्ट्रिय पारमाणिक ऊर्जा एजेन्सीसँग हस्ताक्षर गरेको लो इनरिच युरेनियम भण्डारणको पारवहन सम्झौता लागू गर्ने बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। हिजो अगष्ट उनन्तीस तारिख अन्तर्राष्ट्रिय पारमाणिक ऊर्जा एजेन्सीको लो इनरिच युरेनियम भण्डारण संचालन कार्यक्रम कजाकिस्तानको राजधानी अस्टानामा आयोजना भएको छ। सो अवसरमा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता ह्वाले लो इनरिच युरेनियम भण्डारणले विश्वको आणविक प्रसार हुने जोखिमलाई कम पारी आणविकमा अन्तर्राष्ट्रिय सहयोगको शान्तिपूर्ण रुपमा प्रयोग गर्ने सक्रिय योगदान पुर्‍याउने विचार व्यक्त गर्नुभयो। उहाँले कजाकिस्तानले त्यसमाथि गरेको प्रयासमाथि उच्च प्रशंसा गरेको भन्दै चीनले विभिन्न पक्षसँग लो इनरिच युरेनियम भण्डारणको पारवहन सम्झौता लागू गरी लो इनरिच युरेनियम भण्डारण सुचारु रुपमा संचालन गर्न आवश्यक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु