फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिनले नवौँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने

(GMT+08:00) 2017-08-30 18:19:22

चीनको परराष्ट्र मन्त्रालयले आज अगष्ट तीस तारिख एक पत्रकार सम्मेलन आयोजना गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ब्रिक्स मुलुकका नवौँ शिखर वार्ता तथा उदीयमान बजार मुलुक र विकासोन्मुख मुलुक बीचको वार्ताको अध्यक्षता गर्ने चीनका परराष्ट्र मन्त्री वाङ यीले सो पत्रकार सम्मेलनमा जानकारी दिनु दिनुभयो।

परराष्ट्र मन्त्री वाङले ब्रिक्स शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकका नेतासँग ब्रिक्स सहयोग तथा साझा चासो रहेको समस्याबारे गहन रुपमा छलफल गर्नुहुने बताउनुभयो। वार्ताका अवसरमा चीनले उदीयमान बजार मुलुक र विकासोन्मुख मुलुक बीचको वार्ता आयोजना गर्ने छ। ब्रिक्स मुलुकका पाँच सदस्य मुलुक तथा, इजिप्ट, गिनी, मेक्सिको, ताजिकिस्तान, थाइल्याण्डका नेता स्या मनमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनेछन्। सेप्टेम्बर तीन तारिख दिउँसोदेखि चार तारिख विहान चीनले हालसम्म सबैभन्दा ठूलो परिमाणको ब्रिक्स मुलुक उद्योग तथा वाणिज्य मञ्चलाई आयोजना गर्ने र चीनका राष्ट्राध्यक्ष सी चिन फिङ उद्धादन समारोहमा सहभागी भई सम्बोधन गर्नुहुनेछ। पाँच तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उदीयमान बजार मुलुक र विकासोन्मुख मुलुक बीचको वार्ताको अध्यक्षता गर्नुहुने छ।

परराष्ट्र मन्त्री वाङले ब्रिक्स प्रणाली स्थापनाको कारण विश्व ढाँचा र शक्ति सन्तुलनको अपरिहार्य परिणाम हो भन्दै ब्रिक्स प्रणालीको विकासबाट उदीयमान बजार र विकासोन्मुख मुलुकको विश्वमा स्थान र भूमिका झन् झन् बढी रहेको बताउनुभयो। उहाँले दश वर्षको विकासमा ब्रिक्स मुलुकले विश्व आर्थिक बृद्धि, विश्वलाई परिवर्तनको गराउने र अन्तर्राष्ट्रिय शान्ति र स्थिरतालाई सुरक्षामा महत्वपूर्ण शक्ति दिएको बताउनुभयो। सन् 2017 मा ब्रिक्स सहयोग दोस्रो दश वर्षमा प्रबेश गरेको र यो मुख्य समयमै चीनले ब्रिक्स मुलुकको अध्यक्षताको जिम्मेवारी लिएको पनि उहाँले बताउनुभयो। उहाँले हालै अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर रूपमा जटिल बन्दै गएको बताउँदै उदीयमान बजार र विकासोन्मुख मुलुकको प्रतिनिधि ब्रिक्स मुलुकले विभिन्न विश्वको चुनौतिहरूको प्रतिक्रियामा सकारात्मक र रचनात्मक भूमिका खेल्ने क्षमता राखेको उल्लेख गर्नुभयो। चीनले अरु सदस्य मुलुकसँगै ब्रिक्स सहयोगलाई अझै उच्चस्तरमा पुर्‍याउने पनि उहाँले औँल्याउनुभयो।

उहाँले एक वर्षदेखि "ब्रिक्स मुलुम बीचको साझेदारी सम्बन्धलाई गहन पार्न र झन् उज्यालो भविष्य विकास गर्न" यो मुख्य नाराबाट आर्थिक व्यावहारिक सहयोगलाई बढाएको, राजनीतिक सुरक्षा सहयोगलाई सबल पारेको, सांस्कृतिक विनिमयमा धेरै सफलता प्राप्त गरेको बताउनुभयो।

उहाँले विभिन्न पक्षको संयुक्त प्रयासमा स्यामन वार्तामा धेरै सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु